संवैधानिक राजसंस्था देशका लागि आवश्यक छ- शंकर भण्डारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले संवैधानिक राजसंस्था देशको लागि आवश्यक रहेको बताएको छन् ।
इतरपक्षले काठमाडौँमा आयाेजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ३३ सालको बिपीको नीति राष्ट्रियता भएको बताए।

उनले भने, ‘बिपीको नाम लिएर मात्रै हुँदैन। ३३ लाखको बिपीको मेलमिलापको नीति पनि बुझ्नुपर्छ। राष्ट्रियता नै हो । राष्ट्रका सबै शक्तिलाई एकीकृत गरेर राष्ट्रको स्वाधीनता र अखण्डतालाई बलियो बनाउन सकिन्छ। त्यसर्थ संवैधानिक राजसंस्था पनि देशको लागि आवश्यकता छ ।’

उनले गोदावरीको महासमिति बैठकमा ५७ प्रतिशतले बैद्धिक सनातन धर्मको पक्षमा उभिँदा नेताहरुले स्वीकार नगरेको भन्दै असन्तुष्टि जनाए। उनले जनताले स्वीकार गर्ने परिस्थिति निर्माण गर्नको लागि शीर्ष नेताहरु अभिभावकिय भूमिकामा रहन तयार रहनुपर्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्