सरकारले धानकाे समर्थन मूल्य ताेक्याे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २६ असार ।  सरकारले धानकाे समर्थन मूल्य ताेकेकाे छ ।

आज सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य ताेकेकाे उहाँले बताउनुभयाे । सरकारले कृषि मन्त्रालयकाे प्रस्तावमा धानकाे समर्थन मूल्य ताेकेकाे हाे ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानकाे प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी