काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ५ हजार ८०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदी तोलामा १५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ३५० रुपैयाँ कायम भएको छ। नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।





