आरती रावल पुर्पक्षका लागि जेल चलान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाग गौतमको बेञ्चले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

न्यायाधाशी भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी रावल ‘न्यायका लागि’ भन्दै प्रदर्शनमा उत्रिने गरेकी थिएइन् । न्यायाधीश गिरी सोही मुद्दामा केही समय जेल चलान भएका थिए । पछि मुद्दामा सफाइ पाएर रिहा भएपछि उनी नियमित काममा सरिक हुन थालेका छन् ।

अदालतले गरेको आदेश अस्वीकार गर्दै फेरि उनै न्यायाधीश विरुद्धका गतिविधिमा उनी सक्रिय थिइन् । त्यसक्रममा विभिन्न विद्युतीय माध्यमबाट गिरीको मानहानी गर्ने कार्य गरेको भनी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनका विरुद्ध सर्वोच्च अदालतको पत्रको जाहेरीले नेपाल सरकार पक्ष भई मुद्दा चलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी