काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन्।
मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। मुख्यमन्त्री एमालेबाट मुख्यमन्त्री बनेका हुन्।
एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।





