५ प्रदेशमा भागबन्डा : एमालेलाई कोशी, बागमती र लुम्बिनी, नेकपालाई कर्णाली र सदूरपश्चिम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ ।

जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी