सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सरकारी पक्ष र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल सहभागी छन् ।

डा. केसीका तर्फबाट डा.पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्