दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सियोल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, दक्षिण कोरियाको पहलमा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र बसुमाया तामाङसँग प्रवासी नेपालीहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सियोलको छोङ्नो क्षेत्रमा आयोजित कार्यक्रममा विभिन्न पेसा तथा क्षेत्रमा आबद्ध नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीका क्रममा भोग्नुपरेका चुनौती, श्रमिक अधिकार, सरकारी सेवा-सुविधा, नेपालसँग जोडिएका विषय तथा प्रवासी नेपालीको योगदानबारे आफ्ना धारणा राखेका थिए।

सहभागीले उठाएका जिज्ञासा, सुझाव र गुनासो सुनेपछि सांसदद्वयले ती विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनीहरूले विदेशमा रहेका नेपालीसँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रवासी समुदायका अनुभव नीतिनिर्माणका लागि महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।

आयोजकका अनुसार प्रश्न-उत्तर र खुला छलफलमा केन्द्रित रहेको यस कार्यक्रमले प्रवासी नेपाली र नेपालको राजनीतिक नेतृत्वबिचको सम्बन्धलाई थप नजिक बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्