नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ असार ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सानोभ¥याङबाट थप एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रहरीले काठमाडौं महानगरपालिका-३० घर भई नयाँबजार खुशिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो । तुलाधरमाथि कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको एसपी रेग्मीले बताउनुभयो ।

प्रहरीका अनुसार भुटानी शरणार्थी प्रकरणमा तुलाधरको बैंक खाता प्रयोग भएको थियो । उनीसहित ३० जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता छ ।

अदालतले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । जसमध्ये दुई जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि पक्राउ पर्नेमा तुलाधर दोस्रो व्यक्ति हुन् । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले गत असार ११ मा आशिष बुढाथोकीलाई पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १० जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्