राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबिच भेटवार्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रियसभामा भइरहेका विभिन्न संसदीय गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

सचिवालयका अनुसार भेटमा संसद्को प्रभावकारिता, सदनमा विचाराधीन विधेयकहरू र आगामी कार्यसूचीका विषयमा समेत सामान्य छलफल भएको थियो ।

राष्ट्रपतिका रूपमा पौडेलले संसदीय प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणमा राष्ट्रियसभाको भूमिकाबारे चासो राखेको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्