मधेसवादी दलका नेतासँग सभापति लामिछानेको छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी र सिरहामा उत्पन्न पछिल्लो परिस्थितिका विषयमा मधेसवादी दलका नेताहरूसँग छुट्टै छलफल गरेका छन् ।

विकसित परिस्थितिबारे समाधानको निकास खोज्न सभापति लामिछानेले बिहीबार साँझ मधेसवादी दलका नेताहरूसँग संवाद गरेका हुन् ।

छलफलका क्रममा लामिछानेले केही दिनअघि सुनसरीमा भएको घटना र सिरहामा उत्पन्न तनावबारे नेताहरूसँग कुराकानी गरेका छन् । दुई समुदायबिच झडप र तनाव बढेपछि उनले स्थिति सहज बनाउन र शान्तिपूर्ण समाधान निकाल्नका लागि मधेसवादी दलका नेताहरूसँग परामर्श गरेका हुन् । छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोलगायत नेताहरू सहभागी छन् ।

देवानगञ्ज घटनाबारे मधेसवादी दल : निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा जोड
देवानगञ्ज घटनाबारे मधेसवादी दल : निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा जोड
मधेसवादी नेताहरूसँगको भेटअघि सभापति लामिछानेले कोशी र मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदहरूसँग पनि छलफल गरेका थिए । बिहीबार अपराह्न ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुवै प्रदेशका सांसदहरूलाई बोलाएर उनले घटनाबारे विस्तृत जानकारी लिएका थिए ।

संसद् बैठक सकिएलगत्तै भएको उक्त छलफलमा सांसदहरूले सभापति लामिछानेलाई मधेसमा उत्पन्न पछिल्लो अवस्थाबारे गराएका थिए । जानकारी लिएपछि सभापति लामिछानेले मधेसबाट निर्वाचित आफ्ना सांसदहरूलाई तत्काल प्रभावित क्षेत्रमा जान र स्थानीयस्तरमै पुगेर समस्याको निकास खोज्न निर्देशन दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी