सावित्रा भण्डारीले इन्ज्युरी समयमा गाेल गर्दा नेपाल हारबाट जाेगियाे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ असार ।  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् ।

ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएकाे खेलमा नेपाल र बङ्गलादेशले १–१ गाेलकाे बराबरी खेले । बङ्गलादेशकी सबिना खातुनले खेलकाे ६५ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलाएकाे थिइन् । तर नेपालकी सावित्रा भण्डारीले थपिएकाे ४ मिनेटकाे इन्ज्युरी समयमा गाेल गर्दै टाेलीलाई बराबरीकाे अवस्थामा ल्याइन् ।

गएको वर्ष भदौमा काठमाण्डौमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन ।

नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतवार हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्