सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ ।

बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।

कारमा ४ जना रहेको खबर प्राप्त भएको र आफू घटनास्थलतर्फ जाँदै गरेको बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्