ट्राभल डकुमेन्ट प्रकरणमा परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो।

तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालतमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको बताइएको छ।

यसैका आधारमा सीआईबीले सोमबार भट्टराईलाई पक्राउ गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्