काठमाडौँ । जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले मधेश केन्द्रित दलसँग सहकार्य गर्ने भएको छ ।
प्रलोपासहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायत बेग्लै मोर्चाको घोषणा हुन लागेको हो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार साउन २३ गते काठमाडौंको बैंकेट थापा गाउँमा कार्यक्रम गरेर मोर्चा घोषणा हुनेछ। सबै पार्टीका शीर्ष नेताहरुबीच सहमतिपछि यो मोर्चाको घोषणा हुने तय भएको हो।





