राप्रपाले बोलायो केन्द्रीय सम्पादन समिति बैठक

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २० गते बुधबार दिउँसो १२ बजे बस्नेगरी बोलाइएको हो । ‘समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफलका एजेण्डा छन्’, श्रेष्ठले बैठकमा छलफलका एजेण्डाबारे जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्