मुख्यमन्त्री फेर्ने कसरतप्रति योगेशको प्रश्न – साट सुट र ठोक ठाकको भाषा किन ?

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकार र मुख्यमन्त्रीहरूको फेरबदललाई लिएर आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र हुने अपारदर्शी निर्णय र शक्ति प्रदर्शनको भाषाप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन्।

उपमहासचिव भट्टराईले विगतको नेकपा कालदेखि नै कर्णाली प्रदेशमा एमालेका सिनियर नेताहरू हुँदाहुँदै पनि माओवादीलाई मुख्यमन्त्री छोड्नुपरेको यथार्थ स्मरण गराएका छन्। कर्णालीमा पटक–पटक समीकरण बदलिँदा एमाले जहिल्यै ‘बहुमत पुर्‍याइदिने पार्टी’ मात्र बनेको तर नेतृत्व नपाएको उनले उल्लेख गरेका छन्।

पछिल्लो पटक एमाले–कांग्रेस समीकरण बन्दा सिनियर नेता एवं पार्टीका केन्द्रीय सचिव यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन सचिवालय बैठकमा आफूहरूले जोड दिएको उल्लेख गर्दै भट्टराईले अहिले कँडेलको नेतृत्वमा कर्णाली सरकारको छवि सुध्रिएको दाबी गरेका छन्। ‘बजेट निर्माण, कार्यान्वयन र सुशासनका पक्षमा राम्रो काम भइरहेको बेला यामलाल कँडेल र कर्णालीको पार्टीलाई नै सजाय गर्नुपर्ने कारण के आइलाग्यो ?’ उनले प्रश्न गरेका छन्।

अन्य मुख्यमन्त्रीहरू यथावत् रहने तर कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने नाममा पार्टीभित्र किन रडाको मच्चाइएको भन्दै उनले नेतृत्वसँग जवाफ मागेका छन्। कुनै पनि नेतालाई जिम्मेवारी दिँदा वा हटाउँदा उचित तर्क, कारण र पार्टीका सम्बन्धित निकाय (प्रदेश कमिटी र संसदीय दल) मा छलफल गरेर टुङ्ग्याउनुपर्ने सुल्टो बाटो हिँड्न उनले सुझाव दिएका छन्।

भट्टराईले पार्टीभित्रको निर्णय प्रक्रिया अपारदर्शी भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘नेतृत्वका उचित बाध्यता थिए भने हामीले पनि समझदारी राख्थ्यौँ होला निरु यही काम समझदारीका साथ पारदर्शी ढंगले गर्न पनि त सकिन्छ निरु साट सुट, ठोक ठाक अनि शक्तिको भाषा किन ?’

कसैका बारेमा एउटा मापदण्ड र अरूका बारेमा थरीथरीका मापदण्ड अपनाइएको भन्दै उनले प्रदेश सरकार र मुख्यमन्त्रीको मामला गिजोलेर केु पौरख गर्न खोजिएको हो भन्दै नेतृत्वलाई व्यङ्ग्य गरेका छन्। उनले बेला नकुबेला प्रदेश सरकारहरूलाई अस्थिर बनाउने खेलले पार्टी र सङ्घीयता दुवैलाई हित नगर्ने बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी