रवीन्द्र मेहताको शव बुझ्न मानेनन् आफन्त, गृहमन्त्री गुरुङ शिक्षण अस्पताल जाँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत मेहताको मृत्यु भएपछि आफन्तहरूले अस्पताल परिसरमै धर्ना दिएका छन्। उनीहरूले गृहमन्त्री सुधन गुरुङ स्वयं उपस्थित भएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान लिएका छन्।

आफ्ना माग पूरा नभएसम्म शव नउठाउने निर्णय गरेपछि गृहमन्त्री गुरुङ केहीबेरमै शिक्षण अस्पताल जाने तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ दिउँसो १ बजेदेखि हिन्दु र मुस्लिम समुदायका अगुवासँग घटनाबारे छलफलमा व्यस्त थिए। उक्त छलफल अन्तिम चरणमा पुगेको र त्यसलगत्तै उनी त्रिवि शिक्षण अस्पताल जाने कार्यक्रम रहेको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी