बेहोस भएका एमाले नेता जगन्नाथ थपलिया थप उपचारका लागि वीर अस्पताल भर्ना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया थप उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन्।

पार्टीभित्र राजीनामाको तीव्र दबाब खेपिरहेका बेला सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सरकार गठनबारे छलफलका क्रममा थपलिया अचानक बेहोस भएर ढलेका थिए।

घटनापछि उनलाई तत्काल भक्तपुरस्थित मध्यपुर थिमी अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि कोठामा फर्किएर आराम गरेका थपलियालाई स्वास्थ्य अवस्थाको थप निगरानी र उपचारका लागि मंगलबार अपराह्न वीर अस्पताल भर्ना गरिएको हो।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी