वरिष्ठ अधिवक्ता अधिकारीको प्रश्न : न्यायाधीशमाथि महाअभियोग लगाउने तयारीकाे विज्ञप्ति के आधारमा लेखिएको हो ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा‍.विपीन अधिकारीले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सर्वोच्च अदालतको तीन न्यायाधीशमाथि महाअभियोग लगाउने तयारी भन्ने विज्ञप्ति के आधारमा लेखिएको हो सो कुरा खुलाउन पर्ने बताएका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा अधिकारीले सो कुरा बताएका हुन् ।

विभिन्न स्रोतबाट पुष्टि नभई त्यस्तो खालको विज्ञप्ति जारी गर्न नहुने अधिकारीको भनाइ छ । ‘प्रस्तुत भएका विवरण हेर्दा महाअभियोग लगाउनुपर्ने अवस्था देखिँदैन’ अधिकारीले भने– ‘प्रधानन्यायाधीश सिफारिसमा सरकारले बाटो बिराएको भए पनि सर्वोच्चको न्यायाधीशमाथि महाअभियोगको विषय कतै बाट पनि पुष्टि हुन सकेको देखिँदैन ।’

तथ्यहरू भयो भने त्यस विषयमा छलफल गर्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्