कांग्रेस नीति प्रतिष्ठानमा थपिए ६ उपसमिति, संयोजक तोकिए

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गरेको छ।

प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले पार्टी सभापतिसँगको परामर्शमा विभिन्न उपसमितिका संयोजक तोकेका हुन्। प्रतिष्ठानअन्तर्गत यसअघि गठन भएका उपसमितिलाई आवश्यक सहजीकरण गर्न पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी दिइएको जनाइएको छ।

प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ वटा उपसमिति गठन भएका छन्। थप गरिएका उपसमितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध, उपभोक्ता अधिकार, यौनिक तथा लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक सेवा, सीमान्तीकृत वर्ग तथा स्थानीय तह सुशासनसम्बन्धी विषय समेटिएका छन्।

नयाँ गठन भएका उपसमिति र संयोजकहरू:

अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति — संयोजक: सुमित शर्मा ‘समीर’
उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति — संयोजक: कैलाश के.सी.
यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति — संयोजक: प्रतीक्षा चापागाई
ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति — संयोजक: अनुपा श्रेष्ठ
सीमान्तीकृत वर्ग र समुदाय : संवाद तथा सशक्तीकरण उपसमिति — संयोजक: नरेन्द्र पासवान
स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति — संयोजक: डोलराज भुसाल

प्रतिष्ठानले पार्टीको नीति निर्माण, अनुसन्धान र प्रशिक्षण गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न विषयगत उपसमिति विस्तार गर्दै आएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्