दुर्गा प्रसाईं र धवलशम्शेरले यसैसाता नयाँ दल दर्ता गर्ने, आज पत्रकारसँग अन्तरक्रिया गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणाले यसै साता निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन्। उनीहरूले पार्टीको नाम ‘जय नेपाल पार्टी’ राख्ने भएका हुन्।

नयाँ पार्टी दर्ताको पूर्वसन्ध्यामा डा. राणाले बिहीबार बिहान पत्रकारहरूसँग एकल साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन् ।

कार्यक्रममा उनले प्रस्तावित नयाँ पार्टी, राजसंस्थासहितको हिन्दु अधिराज्य सम्बन्धी आफ्नो धारणा, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रतिको दृष्टिकोण तथा समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम बिहीबार बिहान १०ः४५ बजे अनामनगरस्थित संवाद डबली मा आयोजना हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्