मर्दी पदयात्रामा अलपत्र परेका तीन पदयात्रीको सकुशल उद्धार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। कास्कीको मर्दी पदयात्राका क्रममा जंगलमा अलपत्र परेका पोखराका तीन पदयात्रीको सशस्त्र प्रहरी बल (एपीएफ) ले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्पेक्टर साजन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान १०ः५५ बजे उनीहरूको उद्धार गरेको हो।

उद्धार गरिएकामा पोखरा–१४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ२३ वर्षीय दिपेश गुरुङ रहेका छन्। उनीहरूलाई अन्नपूर्ण गाउँपालिका–११ स्थित छुमरुङ फेदीबाट सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पदयात्राका क्रममा जंगलमा अलपत्र परेका उनीहरूले लगातार दुई रात ओढारमा बिताएका थिए।

मोदी खोलामा पानीको बहाव अत्यधिक भएकाले बुधबार उद्धार गर्न सम्भव नभएको प्रहरीले जनाएको छ। उद्धार टोलीले बिजुलीको लाइन काटेर खोलाको दुवै किनारमा रहेका बिजुलीका पोलबीचको तार प्रयोग गर्दै पदयात्रीहरू रहेको स्थानमा पुगेर उद्धार गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी