प्रश्नको जवाफभन्दा पहिले सरकारले काम गरिसक्छ : गृहमन्त्री गुरुङ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पहिले नै सरकारले काम अघि बढाइसक्ने दाबी गरेका छन्।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार सक्रिय रहेको बताएका हुन्।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक तथा मदनकुमारी शाह ‘गरिमा’, सोमनाथ पोर्तेल, पूजा चौधरी र पदमबहादुर परियार समर्थक रहेको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा सांसदहरूले सरकारको तयारीबारे प्रश्न उठाएका थिए।

छलफलमा कांग्रेस संसदीय दलकी नेता कमला देवी पन्तले गृहमन्त्रीले जवाफ दिन ढिलाइ गर्ने आशंका गर्दै व्यङ्ग्य गरेकी थिइन्। उनले मनसुन सकिन लाग्दा ध्यानाकर्षण प्रस्ताव ल्याइएको भन्दै सरकारको तयारीबारे प्रश्न उठाएकी थिइन्।

जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले जवाफ दिन केही ढिला भएको स्वीकार गरे। तर सरकारको काम भने निरन्तर अघि बढिरहेको उनको दाबी थियो।

उनले भने, “यस विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। सम्मानित सदनबाट प्राप्त हुने मार्गदर्शनअनुसार सरकार सदैव क्रियाशील छ। जवाफ दिन केही ढिला भएको हुन सक्छ, तर जवाफभन्दा अगाडि नै हाम्रो काम हुन्छ। काम धेरै अघि बढिसकेको छ। त्यसबारे विस्तृत अपडेट पनि गराउनेछु।”

गृहमन्त्री गुरुङले संसद्बाट प्राप्त सुझाव र निर्देशनअनुसार सरकारले विपद् व्यवस्थापनका कामलाई अघि बढाइरहेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी