नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट साउन २६ गते नेपाल फर्किने तयारीमा रहेका छन्। उनीनिकट नेता प्रकाशशरण महत का अनुसार देउवा राति ९:४५ बजे काठमाडौं आइपुग्ने तय भएको छ।
तर देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अझै अन्तिम रूपमा तय नभएको र साउन २६ वा २८ गतेमध्ये कुनै दिन हुन सक्ने बताएका छन्।
देउवा थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।





