अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको अर्थमन्त्री महतको दाबी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडी बढेको बताउनुभएको हो । उहाँले मुल्यवृद्धि पनि विगतको भन्दा घटेको बताउनु भयो । उहाँले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गर्नुभयो ।अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्