प्रतिनिधि सभामा चार विधेयक पेस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सरकारले चार वटा विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । सभाको शुक्रवारको बैठकमा मन्त्रीहरूले विभिन्न ८ वटा संशोधन तथा नयाँ विधेयक प्रस्तुत गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ प्रश्तुत गरिन् । विधेयक प्रश्तुत गर्दै मन्त्री गौतमले राज्यको उच्च पदमा आसिन पदाधिकारीहरुमा उच्चस्तरकै नैतिकता र चारित्रिक गुणको अपेक्षा गरिने बताइन् ।

उनले कुनै पदाधिकारीले दोहोरो सुविधा लिएको देखिने अवस्था कायम रहिरह्यो भने परिणामतः त्यस्ता व्यक्तिसंवद्ध संस्थाहरुप्रतिको जनताको आस्था, विश्वास र भरोसा कमजोर हुने भन्दै उक्त कुरा कसैको पनि हितमा नहुने स्पष्ट पारिन् । उनले राज्यकोषबाट तलबभत्ता सुविधा पाउने कुनैपनि पदाधिकारीलाई त्यही कोषबाट निवृिृृत्तभरण प्रदान उचित नहुने भएकोले उक्त विधेयक अघि सारिएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्