काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले सरकार र पार्टीबारे फैलिएका हल्ला–अफवाहलाई ‘र्युमर’ मात्र भन्दै त्यसलाई स्न्याक्सको रुपमा लिन आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक गडबडी वा झगडा भएको भन्ने चर्चालाई बेवास्ता गर्न सुझाए। लामिछानेले पार्टीले इतिहासलाई वाचा गरेको भन्दै प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई नभएको स्पष्ट पारे। रोजगारी दिने वाचा पूरा गर्न नसके पनि हार नमान्ने र जनतालाई काम गर्ने वातावरण बनाउन लागिपरेको बताए।
उनले समाजले दिएको अवसरलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै परिवर्तन सम्भव बनाउन जनतालाई सक्रिय भूमिका खेल्न आह्वान गरे।





