नेपालले पाकिस्तान ‘ए’ लाई दियाे १ सय ८० रनकाे लक्ष्य

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २९ असार ।  एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ‘ए’ लाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ ।

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भउ । यस्तै नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान राेहित पाैडेल ४ तथा भीम सार्की शून्य, पवन सर्राफ १, कुशल मल्ल १७, गुसलन झा १३ र प्रतिस जिसी २६ रनमा आउट भए । ललित राजवंशी १ रनमा अटआउट रहे ।

पाकिस्तानका शहनवाज दहानीले ५, माेहम्मद वसीम जेआरले ४ र मुबसिर खानले १ विकेट लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्