प्रधानमन्त्री र मन्त्रीहरूलाई हर्कले भने- एसी भएको कोठामा बसेर देश बुझ्न सकिँदैन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीका अवसर कमजोर बन्दै गएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै देशलाई देशजस्तो बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए।

उनले भने, ‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ। त्यसैले देशलाई देशजस्तो बनाइराख्नका लागि हामीले के के गर्नुपर्छ तयार छौँ।’

उनले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने बताए। प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आफूहरूले लामो समयदेखि माग गर्दै आएपनि प्रधानमन्त्री बालहठ गरेको आरोप लगाए।

देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढेको भन्दै सरकार कमजोर हुँदा यस्ता गतिविधि बढ्ने गरेको बताए। तराई–मधेसमा आफूले असुरक्षित महसुस गर्नुपर्ने अवस्था अझै रहेको बताए।

न्याय प्रणालीप्रति पनि प्रश्न उठाउँदै आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूको समस्या बुझ्नुपर्ने बताए। उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई एसी भएको कोठामा बसेर देश बुझ्न नसकिने बताए।

उनले भने, ‘स्टेटसबाट कता के गर्ने भन्ने कुराहरू सुन्छु, त्यस्तो केटाकेटीपनले देश चल्दैन। दुई तिहाइको नजिकको सरकारलाई काम गर्न केले रोकेको छ?’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी