काठमाडौं, ३० असार । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कर्भड हल त्रिपुरेश्वरमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले उपाधिसँगै ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो भएको एपीएफले तीन लाख रुपैयाँ हात पारेको छ ।
लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो ।





