कांग्रेसको आन्तरिक विवाद चर्किँदै : गगन–शेखर भेटवार्ता, सहमति भने जुटेन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार बिहान भेटवार्ता भएको छ।

डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो।

मंगलबार बिहान पौने १० बजे सुरु भएको भेटवार्ता सवा १० बजेसम्म चलेको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। उनका अनुसार दुई नेताबीच पार्टीका सांगठनिक तथा नीतिगत विवादबारे छलफल भए पनि कुनै ठोस सहमति भने जुट्न सकेन।

भेटमा दुवै पक्षले आफ्ना धारणा राखेका थिए। तर, विवाद समाधानका विषयमा साझा निष्कर्षमा पुग्न नसकिएको थपलियाले बताए।

नेपाली कांग्रेसभित्र पार्टीको वैधानिकता र नेतृत्वको विषयलाई लिएर कानुनी तथा राजनीतिक बहस चलिरहेका बेला सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता भएको हो।

पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयासस्वरूप भएको भनिएको उक्त भेटवार्ता निष्कर्षविहीन बनेसँगै कांग्रेसभित्रको विवाद तत्कालै समाधान हुने सम्भावना भने कमजोर देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्