काठमाडौं । सरकारले बहालवाला दुई सचिव कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको हो।
राजीनामा स्वीकृत भएसँगै दुवै सचिवले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको हो। पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हुनुहुन्थ्यो भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत हुनुहुन्थ्यो।
निजामती किताबखानाको अभिलेखअनुसार आगामी भदौ ४ गते अवकाश हुन लाग्नुभएका सचिव अधिकारीले एक साताअघि राजीनामा दिनुभएको थियो। अर्का सचिव पोखरेल भने २०८४ साल भदौ २३ गतेसम्म पदमा बहाल रहन सक्ने अवस्थामा हुनुहुन्थ्यो।





