सल्यानमा जिप भेरी नदीमा खस्यो, चालक र जिपधनी बेपत्ता; दुई जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक र जिपधनी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुल्न बाँकी रहेको सल्यान प्रहरी प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्।

दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी