सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

विराटनगर । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्।

कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन दबाब परेको थियो।

कोशी प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी हुनुहुन्थ्यो।

कांग्रेस सरकारबाट बाहिरिएसँगै अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुने भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी