पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रचण्डको माग

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गरेका छन् ।

समाचार लेखेकै आधारमा राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रकै उपहास भएको उनको भनाइ छ ।

बिहीबार एकाबिहानै फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘नेपालको स्थापित पत्रिका र त्यसका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो । तत्काल रिहाइको माग गर्दछु।’

समाचार लेखेकै आधारमा श्रेष्ठ बुधबार साँझ ललितपुरबाट पक्राउ परेका थिए । उनी जनआस्था साप्ताहिकका सम्पादक हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्