पत्रकार महासंघले प्रहरी परिसर अगाडि धर्ना दिंदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२८ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ ।

धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नाका लागि आह्वान गरेका हुन् ।

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको छ ।

महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेको छ । हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मासहित पत्रकारहरुको एक टोलीले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो ।

श्रेष्ठलाई विनासर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्