कांग्रेस सबैको पार्टी होः सभापति देउवा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० असार ।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनुभयो ।

देउवाले सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्