थाक्रेको ८ किलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२९ साउन, काठमाडौं । काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ ।

राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् ।

धादिङ प्रहरीका अनुसार बिहीबार बिहान करिब सवा २ बजेतिर खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध रहेको छ ।

अहिले चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन अझै करिब आधा घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी