लुम्बिनी प्रदेश सभाः दुई विधेयक पेश,एउटा बिधेययक फिर्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० असार । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको शनिवार बसेको १९औं बैठकमा दुई विधेयक पेश भएका छन् भने एउटा बिधेययक फिर्ता भएको छ ।

शनिवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका तर्फबाट आन्तरीक मामिला मन्त्री सन्तोष पान्डेले प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नुभएको हो ।

स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयय माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा मन्त्री खनालले प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले यसअघि पेश गरेको एउटा बिधेयक फिर्ता भएको छ । प्रदेशसभामा पेस भइ लामो समयसम्म छलफल नभई रोकिएको लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, संचालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकबाट फिर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको अर्को बैठक साउन ८ गते बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्