सुदूरपश्चिममा खगराज भट्टले लिए मुख्यमन्त्रीको शपथ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो शपथ लिएका हुन्। भट्ट नेकपाका प्रदेशसभा संसदीय दलका नेता हुन्।

नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनबाट भट्ट मुख्यमन्त्री बनेका हुन्।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। शाहको राजीनामापछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मुख्यमन्त्री भट्टले अब प्रदेश सरकारलाई गठबन्धनको सहमतिअनुसार अघि बढाउने जिम्मेवारी पाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्