२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकढिक्का हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले उक्त विश्वास व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ । नेपाली कांग्रेस हामी मिलाउँछौं, मिल्छ भनेर,’ कोइरालाले भने, ‘मलाई विश्वास छ नेपाली कांग्रेस एकढिक्का हुन्छ र हुन्छ भन्ने कुरामा मलाई विश्वस्त छु । तयो देशको निम्ति एकढिक्का हुन जरुरी छ ।’
साथै, उनले पार्टी सधैं सबैलाई मिलाएर हिंडेको पार्टी बताए ।
‘नेपाली कांग्रेसमात्रै यस्तो पार्टी हो, जसले सधैं सबैलाई मिलाएर हिंडेको पार्टी हो । हामी कसैको निरंकुशता स्वीकार गर्दैनौं,’ उनले भने ।





