‘पूर्वराजालाई मैले भनेकै हो- सरकार हुकुम मान्न तयार छु, प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई प्रजातन्त्रको खिलाफमा आफू जान नसक्ने भन्दै चुनौती दिएको बताएका छन्।

आफ्नै समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू प्रजातन्त्रको खिलाफमा नगएपछि जेल हालिएको बताएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छ। म प्रजातन्त्रको खिलाफमा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’ उनले भने, ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ। गणतन्त्र ल्याउनेमा राजाको ठूलो हात छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी