नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।

शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्।

अहिले नयाँ-नयाँ प्रवृत्ति आइरहेको उनको भनाइ छ। ‘यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने।

यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्