ओलीको चेतावनी– ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने शैली सह्य हुँदैन’

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भइरहेका अराजक गतिविधि सह्य नहुने बताएका छन्।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको ‘मिसन जागरण’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनका नाममा भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्ने तथा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीको विधि र प्रक्रियाविपरीत हुने बताए।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।

अध्यक्ष हटाउनुपर्ने धारणा भए पार्टीको सम्बन्धित कमिटीमा औपचारिक रूपमा कुरा राख्न ओलीले सुझाव दिए।

पार्टीभित्रका असन्तुष्टि र मतभेद सामाजिक सञ्जाल वा हस्ताक्षर अभियानमार्फत नभई पार्टीको विधि, प्रक्रिया र कमिटी प्रणालीअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी