सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ,  ३१ असार । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आइतबार मूल्य घटेर सुन कारोबार भइरहेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आइतबार तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  ।
महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्