रास्वपाको केन्द्रीय समिति बैठक ५ गते, पदाधिकारी मनोनयन हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी ५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्।

पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गरेर अनुमोदनका लागि पेस गर्ने तयारी गरिएको छ।

रास्वपामा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न बाँकी छ।

यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनयन गर्ने तयारी रहेको पार्टीले जनाएको छ।

बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई जानकारी गराइसकिएको रास्वपाले जनाएको छ।

यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले बालेन्द्र शाह ‘बालेन’लाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्