बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार पदबाट राजीनामा दिएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै बानियाँले राजीनामा घोषणा गरेका हुन्।

राजीनामा दिनुअघि उनले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रदेशसभामा प्रस्तुत गरेका थिए।

नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो।

सोहीअनुसार आज विश्वासको मत लिने तयारी गरे पनि उनले मतदानअघि नै पदबाट राजीनामा दिएका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्