मन्त्री र सांसदसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् ।

बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार यो छलफल हुन लागेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको बुर्लाकोटीले बताए ।

बुर्लाकोटीले भने– ‘सरकारका काम र सांसदले सधनमा उठाएका विषयमा तालमेल नमिलेकोजस्तो देखियो । यस सम्बन्धमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ । ‘

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्