ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , ३१ असार । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको हो । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो ।

आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ । यसअघि पनि अदालतले पहिलो पटक ७,दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्